‘कृ’ हेर्नेलाई ‘शत्रु गते’को ट्रिजर उपहार

नेपाली फिल्म ‘शत्रु गते’ को टिजर हलमा रिलिज भएको छ । टिजर हलमा ‘कृ’ फिल्म हेर्न जाने दर्शकले हेर्न पाउने छन् । प्रदर्शनरत फिल्म ‘कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएको छ ।

मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्म किरण केसीले निर्माण गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको मुख्य भूमिका रहेको छ ।

हरिवंश आचार्यको कथा रहेको फिल्मको पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले लेखेका हुन् । यसमा सुटिंग दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । फिल्ममा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । ‘शत्रु गते’ चैत्र ९ मा रिलिज हुने तयारीमा रहेको छ ।