भारतिय मिडियाले राखेको भारतको ८ सुन्दर महिलामा नेपालकी अदिति बुढाथोकी : अदितिले दिईन यस्तो जवाफ

शुक्रबार रिलिज भएको चलचित्र कृ की नायिका अदिती बुढाथोकीबारे ‘इन्स्टाग्राममा सुन्दर भारतीय महिला’ भनेर समाचार कभरेज भएको छ । अदितीबारे यस अगाडि पनि भारतीय नायिका सन्नि लियोनीसँग दाँजेर समाचार आएको थियो । एक भारतीय अनलाइनले अदितीलाई ‘इन्स्टाग्रामका चर्चित ८ सुन्दर भारतीय महिला’ को सूचिमा राखेर समाचार लेखेको छ ।

प्रकाशित समाचारलाई अदितिले आफ्नो फेसबुकमा शेयर गरेकी छन् । तर उनले लेखेकी छन् ‘यद्यपी म भारतीय महिला हैन, तर लिस्टमा मलाई पनि राखेकोमा धन्यवाद ।’

तर उनले किन आफुलाई नेपाली हुँ भन्न सकिनन् । केवल म भारतीय होईन् मात्रै भनिन् । उनले भारतीय होईन् भन्नु भन्दा पनि म नेपाली महिला हुँ लेखेको भए जाति हुने थियो होला ।