पञ्चेबाजाको दोश्रो गीत सार्वजनिक

फागुन ११ बाट प्रर्दशनमा  आउन लागेको फिल्म ‘पञ्चेबाजा’ को दोस्रो गीत सार्वजनिक भएको छ । गीतमा नायक  कर्मा शाक्य, सौगात मल्ल र जस्मिन श्रेष्ठलाई देख्न सकिन्छ ।

रिलिज मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई तीव्र पारेको छ ।

गीतमा  राहुल विश्वासको स्वर , सविन एकतारेको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत रहेको छ ।

यसअघि पहिलो गीत तथा ट्रेलर सार्वजनिक गरिसकेको फिल्ममा सौगात, कर्मा, जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोला, युवराज भण्डारीलगायत कालाकारले मुख्य अभिनय रहेको छ । फिल्म घनश्याम लामिछानेको निर्देशन र राजेश शाहीको लगानी रहेको छ ।

हेर्नुहोस भिडियो: