फान अवार्ड २०७३ को आयोजना हुदै

नेपाल चलचित्र कलाकार संघले आज काठमाडौँ स्थित पत्रकार सम्मेलन गरि फान अवार्ड -२०७३ ढिला हुनुको कारण तथा यो अवार्ड कार्यक्रम २०७४ साल चैत्र १६ गते शुक्रबारका दिन आर्मी अफिसस क्लव काठमाडौँ,भद्रकालीमा सम्पर्ण हुने जानकारी दिएको छ ।

फान अवार्ड २०७३ मा बिभिन्न २४ विधाहरुको  समावेश रहने छ ।

नेपाल चलचित्र कलाकार संघले कला क्षेत्रमा समर्पित चलचित्रकर्मीहरुको मान सम्मान र प्रोत्साहनको लागि गत वर्षबाट फान अवार्डको थालनी गरेको हो ।

आजको कार्यक्रममा कलाको बिभित क्षेत्रमा समाबेस भएका कलाकर्मीहरुको उपस्थिति रहेको थियो । साथै विभिन्न कलाकार चलचित्र संघका महासचिवले यो कार्यक्रममा बोल्दै कार्यक्रम ढिला हुनु साथै यो अवार्ड कार्यक्रमको थालनी गरिनुको उदेश्यबारे  बताएका थिए ।

पत्रकार सम्मेलनकै बेलामा संघले नव निर्वाचित फानको कार्य समितिलाई पनि बधाई तथा शुभकामनाका साथमा मायाँको चिनो प्रदान गरेको थियो । अग्रजलाई सम्मान भन्दै नेपाली चलचित्र क्षेत्रबाट स्थापित केही कलाकीर्मीलाई पनि संस्थाले आज नै सम्मान गरेको छ ।