एकपछि अर्को बलिउड फिल्म प्रर्दशनमा प्रतिबन्ध हुने क्रममा फिल्म प्याडम्यान पाकिस्तानमा प्रतिबन्ध

एक पछि अर्को बलिउड फिल्म प्रर्दशनमा आउन प्रतिबन्ध हुने क्रममा अहिले अक्षयकुमारको फिल्म महिनावारी सम्बन्धि फिल्म प्याडम्यान’लाई पाकिस्तानको संघीय सेन्सर बोर्डले पाकिस्तानमा प्रर्दशन गर्न प्रतिबन्ध गरेको छ ।

बोर्डका सदस्य इशक अहमेदले भने, ‘हामी हाम्रो धर्म र संस्कृति विरुद्धको फिल्महरु बिक्रेतालाई आयात गर्न दिँदैनौ ।’ फिल्मलाई बोर्डले कुनै पनि अनुमति दिएको छैन् । पाकिस्तानका प्रसिद्ध फिल्म निर्माता सायद नुरले पनि स्थानिय फिल्म विक्रेता र प्रदर्शकलाई यो फिल्म प्रदर्शन नगराउँनका निम्ति आहवान गरेका छन् ।

नुरले भने ,‘पयाडम्यान मात्र होइन । मलाई लाग्छ फिल्म पदमावतलाई पनि पाकिस्तानमा प्रदर्शनका निम्ति प्रतिवन्ध गरिनुपर्थ्याे , ‘यी फिल्महरुले मुस्लिम प्रति नकारात्मक सन्देश प्रवाह गरेका छन् ।’

आर. बाल्कि निर्देशित फिल्ममा अक्षयबाहेक सोनम कपुर र राधिका अप्टेको प्रमुख भुमिका रहेको छ । फिल्म ‘प्याडम्यान’ अरुणाचलम मुरुगनान्थमको जिवनमा प्रेरित छ । उनले सेनेटरी प्याड बनाउने मेसिन निर्माण गरेका थिए । फिल्मले पहिलो दिनमा नै भारतीय १० करोडकाे व्यापार गरेको थियो ।