प्याडम्यानको २ दिनको व्यापारिक रिपोर्ट

अहिले बलिउड तथा हलिउडमा समेत अक्षय कुमारको चर्चा साथै उनको फिल्मलाई रुचाउनेको संख्या पछिल्ला दिनहरुमा बढीरहेको छ ।

उनको साथ साथै उनको फिल्मलाई दर्शकले कति रुचाउन थालेका छन् । भन्ने कुराको जानकारी फिल्मको बक्स अफिस रिपोर्ट बाट पनि पाउन सकिन्छ ।

अक्षयको फिल्म ‘टोइलेट एक प्रेम कथा’को सफता पछि हालै उनको नया फिल्म प्याडम्यान रिलिज भएको छ । र यो फिल्म हेर्नको लागि दर्शकको भिड निकै बढिरहेको छ ।
९ फेब्रअरीमा रिलिज भएको प्याडम्यानले २ दिनमा २४ करोडको आम्दानी गरेको छ । ओपनिंगमा १०.२६ करोडको आम्दानी गरेको यो फिल्मले दोस्रो दिन शनिवार १३.६८ करोडको आम्दानी गरेर जम्मा २ दिनमा २३.९४ करोडको आम्दानी गरेको छ ।