‘बियोन्ड द क्लाउड्स’को ट्रेलर सार्वजनिक

बलिउडका चर्चित नायक शाहिदका भाईबाट अभिनित चलचित्र ‘बियोन्ड द क्लाउड्स’को ट्रेलर सार्वजनिक भएको छ । ईरानी निर्देशक माजिद मजीदीको भारतीय पृष्ठभूमिमाथि आधारित यो फिल्ममा अभिनेता शाहिद कपूरका कान्छा भाई ईशान खट्टर र अभिनेत्री मालविका मोहननको मुख्य भूमिका छ । भाई र बहिनीको सम्बन्धमा फिल्म आधारित छ ।
‘बियोन्ड द क्लाउड्स’ बाट बलिउडमा डेब्यु गर्न लागेका ईशानलाई यो फिल्ममा आमिर नाम दिइएको छ । ट्रेलरमा ईशानको लुक निकै ‘रफ एन्ड टफ’ छ ।
हेर्नुहोस ट्रेलर: