विश्वकै कान्छा निर्देशक सौगात बिष्टले आफ्नो दोस्रो फिल्म “हैरान”को रिलिज मिति तोके

नेपाली फिल्मी क्षेत्रको मात्र नभएर बलिउड हलिउड लगाएत सम्पुर्ण फिल्मी क्षेत्रकै कान्छो निर्देशक भनेर चिनिने सौगात बिष्टले आफ्नो पहिलो फिल्म “लभ यु बाबा”को सफलता पछी बनाएका अर्को फिल्म “हैरान”को रिलिक मिति तोकेकेका छन् । सो फिल्म २०७५ जेठ ४ बाट रिलिज हुने भएको छ ।

सो फिल्ममा गायक सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी,एन्जल राई, सागर लम्साल, आरोही शर्मा लगायतको अभिनय रहेको छ । भने डान्स फेभरको ब्यानरमा बनेको फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ । उक्त फिल्मलाई नवराज उप्रेती र निरज कँडेलले खिचेका हुन् ।

फिल्म रिलिज मिति बारे गजित विष्टले वितरकसँगको छलफलपछि मिति तय गरेको कुरा बताएका छन् । र फिल्ममा सामाजिक कथावस्तुमा आधारित फिल्मलाई कमेडी शैलीमा प्रस्तुत गरेको कुरा बताएका छन् ।