फेरी अर्को फिल्म हेर्न चाहिने भयो अभिभावक: फिल्म शेरबहादुर

प्रदशनीको तयारीमा रहेको फिल्म “शेरबहादुर”लाई आइतवार सेन्सरबोर्डले पीजी सर्टफिकेट साथै प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको छ । सो फिल्म​को कुनै प​नि दृश्य नकाटिएको जानकारी फिल्म युनिटले दिएका छ ।​ ‘केही सिनहरुमा र​ग​त​ देखिएको कार​ण​ पिजी स​र्टिफिकेट​ दिइएको हो’, कुरा निर्माता गौरी शंकर​ धुजुले ब​ताएक छन् ।

शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म​ हो। सुनिल थापाले उक्त आर्मी शेरबहादुरको भूमिका निर्वाह गरेका छन्। अन्य कलाकार कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतको अभिनय रहेको फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन्। र सो फिल्म हेर्न १६ वर्ष मुनिकाले आफ्नो अभिभावक लिएर जानु पर्ने छ ।