फिल्म पद्मावत पछी अर्को बिरोध , रुसमा ब्रिटिस कमेडी फिल्म द डेथ अफ स्टालिन लगाउन प्रतिबन्ध

फिल्म पद्यावतमा राजपूत रानी पद्यावती र अलाउद्दीन खिल्जीबीचको प्रेमलाई लिएर भारतमा धेरै बबाल मचायो । रुसमा पनि यस्तै फिल्म सम्बन्धी एउटा विवाद बाहिर आएको छ ।

रुसमा अरमान्डो इन्नुचीको ब्रिटिस कमेडी फिल्म द डेथ अफ स्टालिनलाई प्रतिबन्धन लगाइएको छ । बिहिवार रिलिज हुनु भनिएको यो फिल्मको ३ फेव्रुअरीसम्मको टिकट विक्री भैसकेका थियो । तर, वितरण प्रमाणपत्र फिर्ता लिइएपछि यो फिल्म रुसमा रिलिज हुन पाएन ।

यद्यपी पायनियर सिनेमाले प्रतिबन्धनका बावजुद यो फिल्म देखाउने निर्णय लिएको छ । केही व्यक्ति जसले फिल्म देखे, उनीहरुले बीबीसीसँग भनेका छन कि यसमा यस्तो आपत्तिजनक केही छैन । तर, प्रहरीले फिल्म चलाउन रोक्यो ।

मस्को पायनिर सिनेमाले भनेको छ, ‘फिल्म प्रतिबन्धनको कारण हामो नियन्त्रण भन्दा बाहिर छ । र हामीले टिकट खरिद गर्नेहरुको पैसा फिर्ता गर्ने बचन दिएका छौँ ।