‘कृ’ की नायिकाले किन राखिन व्यक्तिगत रुपमै पत्रकार सम्मेलन ?

नेपाली सिनेमा नगरीमा यो सायद पहिलो घटना नै हुनुपर्दछ । चलचित्रको बिषयलाई लिएर कलाकारले पर्सनल्ली प्रेसमिटको आयोजना गरेको । यस्तै भएको छ , बहुप्रतिक्षित चलचित्र कृ को टिममा । यसमा नायिका अदीती बुढाथोकीले  फिल्मको क्रयु मेम्बर कसैको पनि उपस्थिति बिना पर्सनल्ली पत्रकार भेटघाटको आयोजना गरेकी छिन् ।

हिजो राजधानीको एक होटलमा रंग पत्रकारहरुलाई बिहानिको खानाको समेत व्यवस्था सहित पत्रकार भेटघाटको आयोजना गरीन् । यसै पनि सुपरस्टार अनमोल केसी संग’ कृ’मा स्कृन सेयर गरेर चर्चा कमाईरहेकी उनले यसरी फिल्मको टिम बेगर रहेर सुटुक्क पत्रकार सम्मेलन गर्दा नायिका र ‘कृ’ टीमको सम्बन्धमा प्रश्न चिन्न खडा भएको छ ।

नायिकाले ‘कृ’ र अनमोलको क्रेजको कारण आफु ओझेलमा परेको महशुष गरेर यो फण्डा अपनाएको पनि आकलन गर्न थालिएको छ । जे होस् बिग व्यानर त्यसमा पनि अनमोल केसी संग स्कृन सेयर गरेर यतिकै चिनीएकी अदितीले यसरी आफ्नो पब्लिसिटीको लागी साहस बटुल्नुनै ठुलो कुरा मान्न सकिन्छ ।