चेतबहादुर राजालाई चलचित्रकर्मीको माया , पारिवारिक भ्रमणमा पनि पुग्छन कार्यक्रम स्थल

नेपाली चलचित्र क्षेत्रमा एउटा धरातल सम्याईसकेका कलाकार तथा निर्माता चेतबहादुर सिंह राजाको भ्याईनभ्याई पछिल्लो समयमा झन बढेको छ । चलचित्र क्षेत्रमा उनको योगदान र मिलनसारिताको खातिर पनि धेरै साथीभाईका आँखाका नानी हुन् उनी । पछिल्लो समयमा कपुरी क चलचित्र निर्माणको गृहकार्यमा रहेको उनी आफ्नो पारीवारिक तथा व्यक्तिगत कामको साथमा सोही चलचित्रको लोकेसन हन्टिड.का लागी आफ्नो परिवारका साथमा पोखरामा रहेका छन् । पारिवारिक कामकै लागी पोखरा पुगे पनि नेपाली चलचित्र क्षेत्रको प्रतिनिधीका रुपमा भने पोखरामा आयोजित कार्यक्रममा मन्चमा उक्लीन भ्याएका छन् उनीले ।

उनी भन्छन नेपाली चलचित्र मेरो मुटु हो ,तयसैले मुटु जतिबेला पनि म संगै हुन्छ , चाहे त्यो पारिवारिक भ्रमण मात्र किन नहोस् । नेपाली चलचित्रमा दिगो दिल लगाएर अघि बढेका उनी पारिवारिक घुमघामका साथै पोखराबाट चितवन हुदै हेटौडा सम्मको बिभिन्न कार्यक्रममा सहभागी भएर आईतबार काठमाण्डौ फर्किदै छन् ।