अनुजले बादल पारीको देशमा निता लाई देखेपछि (भिडियो)

बादल पारीको देशमा एउटा सानो गाउँ छ,
सबैलाई मन पर्ने कान्छी उनको नाउँ छ ।
गायक सिमान्त सन्तोषको स्वरमा सजिएको चन्चले चन्चले बोलको गितको म्युजिक भिडियोको केही दिन अगाडी छायांकन कार्य सकिएको छ । नेपाली सांगेतिक क्षेत्रमा उज्जल नक्षेत्र बनेर उदाएका सिमान्तको आवाजमा सजिएका गित एक पछि अर्को गर्दै सार्वजानिक भईरहेको छ । छोटो समयमा नै चर्चित अनि व्यस्त यि गायकका स्लो र फास्ट दुबै शैलिका गितमा मिठास उत्तिकै पाईन्छ । ‘चन्चले चन्चले’ बोलको गित पनि लोक तथा आधुनिक बिटको हो । सुरज लामिछानेको शब्द तथा संगित रहेको यो गितको म्युजिक भिडियोलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन । अमृत सुनुवारको छायांकन रहेको यस भिडियोमा नायिका निता ढुंगाना र मोडल अनुज चिलुवाल फ्रेमिड. भएका छन् । गितको पुरा भिडियो भने केही दिनमा सार्वजानिक हुदैछ ।

उक्त गितको सुटीड. रिपोर्ट भिडियोमा –