“मैले काठमाडौं छोडेको होईन ,काठमाण्डौले मलाई छोड्यो”- श्री कृष्ण लुईटेल (बोके दाह्री)

‘ए बा किन्देउ न भटभटे’ गितबाट दर्शकको मनमा बस्न सफल कमेडि गायक श्री कृष्ण लुईटेल बोके दाह्री यतिबेला जो कोही दर्शकसंग काठमाण्डौको गल्लीमा ठ्याक्कै ठोकिदैनन् । झापाका बोके दाह्री काठमाण्डौको संघर्ष भन्दा केही पर आफ्नै गाउँ बस्तीमा बसेर संगितको बाटोमा हिडिरहेका छन् । केही बर्ष अगाडी सम्म काठमाण्डौमा रंगिन दुनियामै आफ्नो जिवन खोजिरहेका बोके दह्रीको काठमाण्डौ बसाईका बिषयमा प्रश्न गर्दा काठमाण्डौले आफुलाई छोडेको तितो यथार्थ बताउछन् ।

सिधा अनि प्रष्ट बोल्ने बोके दाह्री काठमाण्डौ बाहिरै बसेर सांगेतिक पाटो सम्हालिरहदा संगेतिक कार्यक्रमका लागि बिभिन्न देशहरु धाउने गरेका छन् । बोके ले संगित यात्रा संगसंगै समाज सेवाका कामहरु गर्दै आएका छन् । काईन्ड हार्ट नामक संस्था खोलेका उनले पुराना कपडाहरु संकलन गरि दिन दुखिहरुलाई बाड्ने गरेका छन् । त्यस्तै आकासलाई छानो बनाएर रात बिताउने हरुका लागि तिसहजार सम्म पर्ने बाँसको घर बनाई दिने गरेका छन् ।

कमेडि गितबाटनै लाखौ दर्शक श्रोताको मनमा बसेका बोके दाह्रीको समाज सेवाको यात्रा र अन्य जिवन भोगाईका कुरा हेर्नका लागि तलको लिंकमा क्लिक गर्नृहोला –