सुष्माका लागि नागिंए जिवन,भिडियोमै यस्तो रोमान्स

शाहरुख सुन्दासको आवाजमा सजिएको ‘भेट हुंदा’ बोलको गितको छायांकन सम्पन्न भएको छ ।गितका लागि  काठमाण्डौको बत्तिसपुतली स्थित राममन्दिरमा मोडल सुष्मा कार्की र जिवन वडारीले अनस्कृन रोमान्स गरेका थिए । कसैलाई मन पराएपनि समयमा मायाको संकेत दिन नसक्दाको भुल स्मरण गरिएको गितको भिडियोमा मोडेल जिवन सुष्माका लागि नांगिए पछि माहोल गरम बन्न पुग्यो ।
चर्चित ढुङगेलको शब्दमा सजिएको गितको भिडियोलाई नव ढुङगेलले निर्देशन गरेका छन।साथै अमृत सुनामले खिचेको यस गितको भिडियोलाई S.A. vision company ले बजारमा ल्याउने भएको छ ।

पछिल्लो समयमा म्युजिक भिडियोमा निकै व्यस्त देखिन थालेका मोडल जिवन   म्युजिक भिडियो ‘भेट हुँदा’ ले आफ्नो अभिनय यात्रामा अर्को ईट्टा थप्ने आशा रहेको बताउँछन ।