भागिरथ र देवी घर्तीको “सपनीको संसारमा”,संगीतका पारखीलाई नविन उपहार (भिडियो सहित)

नेपाली गीत संगीत क्षेत्रका चर्चित स्रष्टा भागिरथ चलाउने र देवी घर्तीको स्वरमा रहेको लोक गित “सपनीको संसारमा” को भिडियो हालै युटुव मार्फत सार्वजनिक गरिएको छ ।

मान बहादुर मगर , मतीलाल लामा र राहुल आलेको शब्द रहेको यस गीतमा राहुल आलेले संगीत दिएका छन ।नरेश कुवँर र करिश्मा ढकालको अभिनय रहेको यस गीतको भिडियोलाई  प्रियसी म्युजिकले बजारमा ल्याएको हो।  सुरेश राउतको सम्पादन र सागर गौतमको छायांकन रहेको यस गितको भिडियोलाई काजिस श्रेष्ठ र बबिता पुरीले निर्देशन गरेका हुन  ।