मायालु भेट्न ज्यान फालेर जादा भिडियो

ज्यान फालेर म आउने थिईन मायालुले भन्या भा आउदीन
सर्जक प्रेम केसीको ज्यान फालेर बोलको गितमा स्मृति तिमल्सिना र सन्दिप न्यौपाने यस्तै कुरा गर्दैछन् । गायक सन्दिप न्यौपाने र देवि घर्तिको स्वरमा सजिएको यो गितमा सन्दिप र स्मृतिको साथ प्रेम केसिको पनि अभिनय रहेको छ ।

पछिल्लो समयमा नेपाली गित संगितमा केहि नयाँ पन दिन तथा यो क्षेत्रमा आफुलाई स्थापित गराउनका लागि लागिरहेका प्रेमले भिडियोलाई राम्रो बनाउनका लागि कुनै पनि मेहनत बाँकी नराखेको बताउछन् । बिशेष गरि कोरियोग्राफमा आफुलाई स्थापित गराएकी निर्देशक तथा कोरियोग्राफर स्मृति तिमल्सिनाको बेजोड अभिनय देख्न पाईन्छ यो भिडियोमा ।

नेपाली गित संगितका क्षेत्रमा आफ्नो बेगल पहिचान बनाएका गायक तथा मोडल सन्दिप न्यौपाने र प्रेमले स्मृति संग गरेको अनस्कृन रोमान्स भिडियोमा देख्न सकिन्छ । बिष्णु न्यौपानेको शब्द तथा संगित रहेको यो गितलाई एस ए भिजन कम्पनि प्रा लि ले बजारमा ल्याएको छ । करन चैसिरले छायांकन गरेको यो म्य’जिक भिडियोको सम्पादन भने साई भिजन कम्पनिले गरेको हो ।