रामप्यारी गित अडियो बाहिरियो, सुन्नुहोस गित

पछिल्लो समयमा नेपाली चलचित्रका गित युटुबमार्फत रिलिज गर्ने प्रचलन बढेको छ । त्यस्तै नायिका रेखा थापाले निर्माण गरेको चलचित्र रामप्यारीको गित ज्याकपोर्ट पनि युटुब मार्फत सार्बजानिक भएको छ । चलचित्रको ३ वटा गीतलाई पूर्ण रुपमा कमर्सियल बनाइएको छ । राजेश पायल राई र मनिषा पोख्रेलको आवाजमा समावेश ‘यो जुनी’ बोलको गीतमा रेखाले संगीत भरेकी छिन् । गीतलाई किरण खनालले लेखेका हुन् ।

rekha-avash

यस्तै, ‘छमछम ती पाउजुहरु’ बोलको गीतमा थानेश्वर गौतम र माण्डवी त्रिपाठीको स्वर, थानेश्वरकै संगीत र हस्ता गौतमको शब्द छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखाको साथमा सविन श्रेष्ठ, आश्मा डीसी र नव(कलाकार आभाष अधिकारीको मुख्य भूमिका छ । यो चलचित्रमा रेखा ट्याम्पु ड्राइभर महिलाको भूमिकामा देखिएकी छिन् ।

यस्तो छ अडियो-