रिस्ता र सुर्बिनासँग ‘लुकामारी’मा सौगात

surbina saugat and rista‘लुट’बाट ‘हाकु काले’ बनेर उदाएका अभिनेता सौगात मल्ल त्यसयता धेरै चलचित्रमा देखिए । त्यसो त ‘लुट’ पछि प्रदर्शनमा आएका उनका कुनै चलचित्रले पनि व्यवसायिक सफलता हात पार्न सकेनन् । तर पनि उनले चलचित्र गर्न छाडेका छैनन् । यो बीचमा सौगातले अर्को एक नयाँ चलचित्र गर्ने पक्का भएको छ ।

‘लुकामारी‘नाम दिईएको चलचित्रमा सौगात दुई हट केक अभिनेत्री रिस्ता बस्नेत र सुर्विना कार्कीसँग अन स्कृन रोमान्समा देखिने पक्का भएको हो । सस्पेन्स र कमेडी ड्रामाको यो चलचित्रमा सौगात बिल्कुलै फरक अबतारमा देखिन लागेको निर्माण टिमले बताएको छ । चलचित्रलाई श्रीराम दाहालले निर्देशन गर्दैछन् । चलचित्र दशैं अघी नै फ्लोरमा जाने बताईएको छ ।