अमेरिकामा हुने 'फिल्म फेस्टिभल'मा नेपाली कलाकर्मीको जम्बो टोली जाँदै

global film festa press meet‘एफ आई ए’को आयोजनामा अगस्ट ७ देखी १६ तारिखसम्म अमेरिकाको सान फ्रान्सिस्को मा हुन गईरहेको ‘ग्लोबल फिल्म फेस्टिभल’ मा नेपालबाट चलचित्रकर्मीको जम्बो टोली सहभागी हुनेछ । सोमबार यो बिषयमा जानकारी दिन आयोजित एक कार्यक्रममा नेपालबाट सहभागी हुने चलचित्रकर्मीहरुको नाम समेत सार्वजनिक गरियो ।

उक्त फेस्टिभलमा नेपालबाट नायिका नन्दिता के सी, केकी अधिकारीसँगै निर्देशक सुरेशदर्पण पोखरेलको साथमा कलाकारहरु विल्सन बिक्रम राई, सुनिल थापा, राजबल्लभ कोइराला, निरज बराल, पुजना प्रधान, नरेश देव पन्त लगायतको सहभागी हुनेछ । जहाँ अमेरिकामा बस्दै आएका नेपाली कलाकारहरु पनि सहभागी हुने जानकारी आयोजकको तर्फबाट प्रकाश थापाले दिए । उक्त फिल्म फेस्टिभलमा नायिका ऋचा घिमिरेसँगै अनुशिल श्रेष्ठ, जस कुमार राई, राज कुमार लामा लगायतको पनि सहभागिता रहनेछ ।

त्यस्तै फेस्टिभलमा हलिउड तथा बलिउडमा चर्चित अनुहारहरु पनि देखिने बताईएको छ । हालसम्म हलिउड स्टार ज्याकी चैन्, शरोन स्तोने सँगै वलिउडबाट रानी मुखर्जी, बिधा वालन, सोनु निगम लगायतको उपस्थिती हुने पक्का भएको छ । फेस्टिभलमा ३० देशका २५० चलचित्रकर्मी सहभागी रहने आयोजकले बताएको छ । फेस्टिभलमा नेपाली नायिका केकी र नन्दिताले नेपाली संस्कृती झल्किने नृत्य समेत गर्नेछन् ।