'मोडल हन्ट' मा ३० प्रतिस्पर्धी, कसले मार्ला बाजी ?

????????????????????????????????????

????????????????????????????????????

काठमाडौ । नेक्ष्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप ब्यवसायिक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नया“ आयाम थप्ने उदेश्यले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको सौदर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०१५’का लागी ३० प्रतियोगी छानिएका छन् ।

गत बैशाख १२ गते गएको शक्तिशाली भुकम्पले अडिसन रोकिएको यो प्रतियोगीताको शनिबार आयोजित पहिलो अडिसनमा ७२ युवा तथा ५८ युवतीले सहभागीता जनाएका थिए । प्रतियोगीताको अर्काे अडिसन आगामी १९ गते फेरी राजधानीमै हुनेछ । पहिलो चरणको अडिसनमा आयुष्मान घिमिरे (मिष्टर नेपाल २०११), बिश्व गौतम(फेसन डिजाइनर), नग्मा श्रेष्ठ (मिसन नेपाल अर्थ २०१३ ), रोजिन शाक्य (कोरियोग्राफर),बिष्णु अर्याल ( मोडल अभिनेता), सागर गुरुङ (फेसन स्टाइलीस), बिकाश राना( फोटोग्राफर)लगायत निणार्यक रहेका थिए ।

इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित यो ‘मोडल हन्ट’ यस पटक नेपालमा पनि आयोजना गरिन लागीएको हो । नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्ष्ट मोडलस् नेपालका अध्यक्ष रवि धमलाले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनको भनाई रहेको छ ।

१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवायुवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन सक्ने प्रावधान आयोजकले राखेको छ । पहिलो र दोस्रो अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागी एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा उनिहरुलाई अन्तराष्ट्रिय रनवे ,ब्यक्तित्व बिकाश, आर.जे भि.जे, अन्तराष्ट्रिय फोटोग्राफी एबं फोटो सुट, संञ्चार कला, स्टेज फकमेन्सलगायत बिषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइनेछ । प्रतियोगिताको जानकारी नेक्ष्ट मोडलस् नेपालको केन्द्रिय कार्यालय अनामनगरमा पाउन सकिनेछ ।

प्रतियोगीतामा शिर्ष सहित आधा दर्ज उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका साथमा नगद १ लाख रुपैया, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर केही म्युजिक भिडियो, बिज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर पुरस्कारका रुपमा जित्न सक्नेछन् । प्रतियोगीताको अन्तिम स्पर्धा साउन २३ गते राजधानिमा हुनेछ ।