सांस्कृतिक कार्यक्रमबाट उठेको रकम भूकम्प पीडितलाई

dang program shishir bhandariजेष्ठ २२ र २३ गते दाङमा सम्पन्न ‘बृहत साँस्कृतिक कार्यक्रम-२०७२’ बाट संकलन भएको रकम भुकम्प पीडितको नाममा सहयोग गरिएको छ । दाङ पुरन्धाराको हंसपुरमा भएको उक्त साँस्कृतिक कार्यक्रमबाट संकलन भएको मध्ये ३१ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालय दाङ मार्फत् प्रधामन्त्री राहात कोषमा पठाईएको हो । एउटा कार्यक्रम गरेर त्यसबाट निस्केको आम्दानी देश र नागरिकको पीडालाई मलम लगाउन खर्चेकोमा आयोजकपे प्रशंसा पाएका छन् ।

dilip rayamajhi dang prgmकार्यक्रमका निर्देशक तथा नेपाली कथानक चलचित्र ‘रोल्पा रोग’ का निर्देशक दिपक वली, कार्यक्रम संयोजक तथा रेडियो हापुरेका स्टेसनम्यानेजर प्रेमबहादुर राम्जा,  स्गथानिय पत्रिका गणतन्त्र दैनिकका समाचारदाता निशानदाजु भट्टराईले प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका थिए । यस्तै गएको जेष्ठ २२ गते हास्यँ टेलिश्रृङ्खला ‘मेरी बास्सै’ र ‘भद्रगोल’को टिम मार्फत पनि काभ्रेपलाञ्चोकको पहरी बस्ती निर्माणका लागि १८ हजार ८ सय ६३ रुपैयाँ सहयोग गरिएको कायृक्रम निर्देशक वलीले जानकारी दिए ।

कार्यक्रम मार्फत उठेको रकम विभिन्न तवरले भुकम्प पीडितहरुका लागि ५० हजार तीन सय ६३ रुपैयाँ सहयोग गरिएको कार्यक्रम संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए । नेपाली कथानक चलचित्र ‘रोल्पा रोग’ र जनजागरण अशल शासन क्लवको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कलाकारहरु दिलिप राइमाझी, अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), शिशिर भण्डारी, गोविन्द मधुर आचार्य, तिलक वली, सन्ध्या पौडेल लगायतले दर्शकहरुको लागी विभिन्न प्रस्तुतीहरु पस्केका थिए । पत्रकारिता र कलाकारितालाई सँगसँगै लिएर अघी बढिरहेका शिशिर पछिल्लो समय मेला, महोत्सव लगायतका विभिन्न सांगितिक कार्यक्रममा व्यस्त छन् ।