'लिटिल मिस वर्ल्ड २०१५'को ताज मेघिका काप्रीलाई

मेघिका बनिन् लिटिल मिस वर्ल्डकाठमाडौं– टर्कीको बोड्रममा एक महिनाअघि आयोजित ‘लिटिल मिस एन्ड मास्टर वर्ल्ड २०१५’मा नेपालबाट प्रतिनिधित्व गर्ने मेघिका काप्रीले दुई मुख्य टाइटल हात पारेकी छन्। अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा डीएभी स्कुलमा कक्षा पाँच पढिरहेकी मेघिकाले गएको मे १४ मा बोड्रममा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मोस्ट ट्यालेन्टेड अवार्ड’ र ‘फोटो मोडल अफ द वर्ल्ड अवार्ड’ हात पारेको जानकारी गराइयो।
प्रतियोगितामा दिइएको तीन मिनेट समयमा शास्त्रीय नृत्य र राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गरेकी थिइन्। उनको प्रस्तुति रुचाइएकाले ट्यालेन्ट शो र मुख्य प्रतिस्पर्धामा पनि दोहोर्या एर प्रस्तुति दिन उनलाई आग्रह गरिएको पत्रकार सम्मेलनमा मेघिकाले बताइन्। एसिया, युरोप, अमेरिका र अफ्रिकी गरेर २५ राष्ट्रका बालबालिकाहरुले भाग लिएको प्रतियोगितामा खाली हात नफर्कनु परेकोमा खुसी लागेको प्रतिक्रिया दिइन्।अन्तिम प्रतिस्पर्धामा पुगेर पनि ‘लिटिल मिस वर्ल्ड २०१५’ भने बन्न नसकेकोमा उनले दुःख व्यक्त गरिन्। प्रतियोगितामा लिटिल मिस वर्ल्डको उपाधि युक्रेनकी अन्ना क्लिमोभेट्सले जितेकी थिइन्।  तर यो प्रतियोगितामा भाग लिइसकेपछि आफूमा आत्मविश्वास भरपूर रुपमा पलाएको उनले जानकारी दिइन्। मिडिया ल्यान्डद्वारा गत वर्ष आयोजित ‘चाइल्ड आइकन–२०१४’मा पनि उनी पहिलो रनर अप भएकी थिइन्। -नागरिकबाट