एलिसाले जितिन् 'मिस एसएलसी'को ताज

miss slc 2015‘मिस एसएलसी २०१५’ को ताज एलिसा लिम्बूले जितेकी छिन् । शुक्रबार राति सम्पन्न फाइनल प्रतिस्पर्धामा एलिसाले ताज जित्दा फस्ट रनरअप नेहा प्रधान भईन भने सुदीक्षा श्रेष्ठ सेकेन्ड रनरअप घोषित भईन् । सुनसरीको धरानमा सम्पन्न प्रतिस्पर्धामा ताज जितेकी एलिसाले नगद ३० हजार र कक्षा ११ र १२ मा निशुल्क अध्ययनको मौका पाएकी छिन् । एलिसाले वेष्ट ड्रेसको उपाधी पनि आफ्नो कोल्टामा पारिन् ।

धरान जेसिजले आयोजना गरेको प्रतियोगितामा फर्स्ट रनरअप र सेकेण्ड रनरअपले क्रमश : २५ हजार र २० हजार नगदसहित उच्च शिक्षामा पचास प्रतिशत छात्रवृत्ति पाएका छन् । उक्त प्रतिस्पर्धामा ज्योति बस्नेत मिस ट्यालेन्ट, हिना लिम्बु मिस ब्युटीफूल, कृपा श्रेष्ठ मिस फोटोजेनिक घोषित भए भने  मिस पपुलर हाङ्मा लिम्बु चुनिईन् । त्यस्तै मिस एक्टिभको उपाधी अञ्जना तामाङले जित्दा मिस क्याटवाक र मिस पर्सनालिटीको उपाधी  अजीजा केसीले जितेकी छिन् । पछिल्लो पटक एसएलसीमा सहभागी सुन्दरीहरु यो पर्तियोगितामा सहभागी थिए ।