रविनले छाडेपछी गुनासो पोख्दै अष्ट्रेलियामा आकृती

रंग पत्रकार विकाश लामिछानेको शब्द रहेको ‘छोड्दिन भन्थ्यौ’ बोलको गितको भिडियो तयार भएको छ । केहि दिन अगाडी छायांकन भएको उक्त म्युजिक भिडियो चाडैं बजारमा ल्याइने तयारी भइरहेको गीतकार लामिछानेले जानकारी दिए ।bikas-vaiभिडियोको सम्पुर्ण छांयाकन अष्ट्रेलियामा गरिएको हो । उक्त गितमा आकृती आचार्यले स्वर दिएकी छिन, भने संगीत टंक बुढाथोकीले भरेका छन् । सेन्टीमेन्टल थिमको भिडियोलाई जीवन रसाइलीले निर्देशन गरेको हुन् । उक्त गितमा गायिका आकृती र रविन अधिकारी फिचरिङ भएका छन् । पैसाको लोभमा परेर प्रेमिले छोडेपछि प्रेमिकाले भोगेको दुख भिडियोमा उतारिएको निर्देशक रसाईली बताए ।