हिरो बिनाको चकलेट ट्रेलरमा पुजनाको बालप्रेम (भिडियो)

अभिनेत्री निर्माण तथा हाँस्य कलाकार निर्मल शर्मा ‘गैँडा’को डेब्यु निर्देशन रहेको चलचित्र ‘चकलेट’को ट्रेलरइ सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री पूजना स्त्रीको सडल बालबालिकासँगको प्रेमभाव दर्शाइएको छ । सार्वजनिक ट्रेलरमा लिड अभिनेता आयुष्मान गौण छन् ।

यो चलचित्रमा लगानी पनि पुजनाको नै हो भने उनलाई खुश्वु गुरुङ, केशव तामाङ र प्रितिमाया गुरुङले साथ दिएका छन् । चलचित्रले सडक बालबालिकाहरुको कथा बोल्ने निर्माण युनिटले बताउँदै आएको छ । चलचित्रका समावेश गीत तथा फर्स्टलुक पोस्टर यसअघी नै सार्वजनिक भईसकेको छ ।

‘चकलेट’मा पुजनासँगै आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे, सुनिता ठाकुर लगायतका कलाकारहरुको अभिनय छ । प्रचार प्रसारको तिब्र बनाउने सोचमा रहेका निर्देशक ‘गैँडा’ र निर्मात्री पुजनाले चलचित्रक रिलिज मिति भने फाईनल गरिसकेका छैनन् ।

 

ट्रेलर हेर्नुहोसः