बलिउड स्टार शाहरुख खान काठमाडौंमा

sahrukh khan 1बलिउड स्टार शाहरुख खान काठमाडौं अवरतण गरेका छन् । लामो समयसम्म उनी आउने नआउने चर्चा परिचर्चाका बीच शाहरुख सवार विमान काठमाडौं उत्रियो । नेरोल्याक पेन्ट्सको तर्फबाट आयोजित एक कार्यक्रममा सहभागी हुनको लागी उनी नेपाल आएका हुन् ।

शाहरुख त्रिभुवन विमानस्थलमा ल्याण्ड हुँदै गर्दा उनका फ्यानहरुको ठुलो भीड देखियो जसले गर्दा सुरक्षाकर्मीलाई उनी सवार गाडी विमानस्थलबाट बाहिर ल्याउन नै हम्मे हम्मे परेको थियो । अहिले शाहरुख ह्यात रिजेन्सी होटलमा पुगेका छन् । उनको सुरक्षामा नेपाल प्रहरीको बाक्लो टोली खटिएको छ ।

आज नै ह्यात होटलमा हुने एक कार्यक्रममा नेरोल्याक पेन्ट्सको तर्फबाट आयोजिए प्रतिस्पर्धामा बिजेतालाई शाहरुखले पुरस्कार प्रदान गर्नेछन् । शाहरुख आज नै भारत फर्किने कार्यक्रम रहेको बताईएको छ ।