यस्तो रह्यो अभिनेत्री सुमिनाको वैवाहिक समारोह (फोटो फिचर)

अभिनेत्री सुमिना घिमिरे वैवाहिक बन्धनमा बाँधिएकी छिन् । सोमवार दिउँसो राजधानीको एक पार्टी प्यालेसमा आयोजित एक वैवाहिक समारोहमा बीच सुमिनाको सिउँदोमा प्रेमी पाईलट रोशन सापकोटाले सिन्दुर भरे ।
sumina ghimire3सिमित फिल्मकर्मी तथा आफन्तजनहरुलाई निम्ता गरिएको उनको वैवाहिक समारोहमा सुमिनाले कमै मात्र चलचित्रकर्मीलाई बोलाएको बुझिएको छ । जहाँ हातको औलाले मात्र गिन्ती गर्न सकिने केहि चलचित्रकर्मीहरु उपस्थित भएको बुझिएको छ ।
sumina marriage2सुमिना र रोशन पहिलो पटक एक म्युजिक भिडियोको सुटिङको क्रममा भेट भएसँगै प्रेमभावको छायाँमा परेका थिए । रोशन पेशाले पाइलट तथा सुमिना अभिनेत्री रहे पनि दुई फरक विधाका रोशन र सुमिना अन्ततः वैवाहिक बन्धनमा बाँधिएका छन् ।
sumina marriage1त्यसो त सुमिनाले अन्तिम चलचित्र ‘माला’ को डबिङ सकाएसँगै अब चलचित्रमा अभिनय  नगर्ने बोलिसकेकी छिन् । एक पत्रकारसँगको स्क्याण्डलको कारण मिडियाबाट केहि टाढा बस्न चाहने सुमिनाले विवाहको कुरा पनि सकेसम्म मिडियामा नआओस भन्ने चाहेको बुझिएको छ । आजको दिनबाट नयाँ जीवनको सुरुवात गरेकी सुमिनालाई वैवाहिक जीवनको सुभकामना !!

11042175_1030134820349641_6

तश्विरः  उत्सव रसाईली