‘पुनर्जन्म’लाई आर्यन क्रेजको फाईदा, दर्शकको साथ राम्रो

यो हप्ता प्रदर्शनमा आएको चलचित्र ‘पुनर्जन्म’ले दर्शकबाट राम्रै साथ पाएको छ । तीन वटा चलचित्र एकसाथ भिड्दा दर्शक बाँडिने भन्दै ‘सबै चलचित्र चल्दैनन् कि ?’ भन्ने आँकलन चलचित्र बजारमा हुँदै गर्दा प्रदर्शनमा आएको यो चलचित्रको सुरुवात नै सुखद बन्यो । शुक्रवार दर्शकको राम्रो साथ पाएको यो चलचित्र शनिवार बिदाको दिन भने काठमाडौं सहित पुर्वी तथा पश्चिम नेपालका विभिन्न ठाउँहरुमा हाउसफुल समेत बनेको जानकारीमा आएको छ ।
punarjanmaत्यसो त हिजो आईतवार पनि नारी दिवसको विदा परेको फाईदा चलचित्रले उठाएको छ । काठमाडौंका केहि मल्टिप्लेक्स तथा सिंगल थियटरमा पुग्दा आईतवारको बिजनेश पनि चलचित्र युनिटको पक्षमा पाईएको थियो । जसले पुनः स्टारडम र स्टारकास्ट भएका कलाकारको नामबाट पनि चलचित्र चल्छ भन्ने प्रमाणित समेत गरेको छ । तर यो भन्दै गर्दा कलाकारले मात्र ‘पुनर्जन्म’ चलेको भन्नु भन्दा पनि कलाकारसँगै कथा र प्रस्तुतीकरण शैलीलाई पनि दर्शकले मन पराएको पाईएको छ ।

यो चलचित्रमा पछिल्लो समयका व्यस्त अभिनेता आर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट र सुस्मिता शाही लिड रोलमा छन् । कतिपय हलमा आर्यन र केकीको अभिनय रहेको चलचित्र भएकै कारणले चलचित्र हेर्न आएको प्रतिक्रिया दर्शकले राख्नुले पनि आर्यन स्टारडमले काम गरेको बिश्लेषण सुरु भएको छ । नेपालमा पछिल्लो समय स्टारडमको कुरा गर्दा प्रायः रेखा थापा स्टारर चलचित्र मात्र विजनेशमा सफल भएको पाईन्छ । जहाँ अब आर्यन क्रेज पनि दर्शकमा छाप बनिसकेको पाईएको हो ।

केहि बर्ष पहिलेको नेपाली चलचित्र उद्योगको कुरा गर्दा राजेश हमाल, निखिल उप्रेती, बिराज भट्ट लगायतका कलाकरहरुको अभिनय जोडिएको चलचित्र नामले मात्र पनि चल्छ भनिन्थ्यो । तर अहिले यो अवस्था अन्त्य जस्तै बनेर कसको क्रेज कति भन्ने गिन्ती सुरु बएको अवस्थामा आर्यनको स्टार पावर ‘पुनर्जन्म’मा देखिनु चलचित्र उद्योगको लागी नै सुखद मानिएको छ । साजन श्रेष्ठको निर्देशन रहेको यो चलचित्रमा मोहनकृष्ण श्रेष्ठको लगानी छ ।