नारी दिवसमा चितवन पुग्यो 'झोला' !

चलचित्र पत्रकार संघ चितवनको अक्षयकोष निर्माण सहयोगार्थ चलचित्र झोलाको च्यारिटी शो गरिएको छ । विश्व नारी दिवसको अवसरमा चितवनको इन्द्रदेव चलचित्र मन्दिरमा च्यारिटी शो गरिएको हो ।
jhola show chitwanचलचित्र पत्रकार संघ चितवनकै आयोजनामा भएको उक्त च्यारिटी शो मा विभिन्न स्कुलका विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । त्यस्तै विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत स्थानिय सञ्चारकर्मी तथा फिल्मकर्मीको समेत उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरुले झोला समाजको प्रस्ट तस्वीर भएकाले एकपटक सबैले हेर्नुपर्ने प्रतिक्रिया दिए ।
च्यारिटी शो बाट संकलित रकमले चलचित्र पत्रकार संघ चितवनको अक्षय कोष निर्माण गरिने संघका अध्यक्ष रवि अधिकारीले बताए । अक्षयकोष निर्माण गरेर संघलाई संगठित र मजबुत बनाउने हाम्रो लक्ष्य हो’, अधिकारीले भने ।

गत बर्ष नै प्रदर्शन भइसकेको झोला नेपाली दर्शकले अत्याधिक मन पराएको फिल्म हो । सतिप्रथाको कथा उठाइएको फिल्ममा गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी, सुजल नेपाल, दिपक क्षेत्री लगायतको अभिनय छ । फिल्मलाई यादव भट्टराईले निर्देशन गरेका हुन । फिल्ममा मालती शाह, राज तिमल्सिना, सुशिल शाह, रामगोपाल थापा लगायतको लगानी छ ।

त्यसो त यो फिल्म पुनः प्रदर्शनको तयारीको खबरले समेत अहिले समेत चर्चामा छ । फिल्मलाई आउँदो नयाँ बर्षको बैसाख-जेठमा पुनः प्रदर्शनमा ल्याउने तयारीमा निर्माण युनिट जुटेको छ । स्मरण रहोस, आजसम्म नेपालमा कुनै पनि फिल्म औपचारिक रुपमै देशव्यापी दोहोरो प्रदर्शनमा आएका छैनन् ।