शाहरुखले नेपालमा अवतरण अनुमति पाएनन्, भोली आउने

sahrukh khan 1अन्तिम समयमा आएर बलिउड स्टार शाहरुख खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी ईएर ट्राफिक जामको कारण देखाउँदै उनको भ्रमण कार्यक्रम स्थगित गरिएको छ । जानकारीमा आए अनुसार अब भोली मात्रै नेपाल आउने छन् ।

आज दिउँसो ३ बजे विमानस्थलमा शाहरुख खान सवार विमान ल्याण्ड हुने भनिएको थियो, तर अब उनी आजको सेडुयल अनुसार नै भोली दिउँसो नेपालमा पाईला टेक्ने बुझिएको छ । नेरोल्याक पेन्ट्सले नेपालमा हुने एक कार्यक्रमको लागी उनलाई नेपाल ल्याउन लागेको हो । होटल ह्यात रिजेन्सीमा हुने एक कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम तय भएको थियो ।

शाहरुख ब्राण्ड एम्बेस्डर रहेको यो पेन्ट्सले एक बर्ष पहिला नै उनलाई नेपाल ल्याउने बताएपनि अहिले आएर मात्र उनको भ्रमणको कुरा कन्फर्म जस्तै बनेको थियो । तर भोली आउने भनिए पनि भोली फेरी अर्को कारण देखाउँदै उनको भ्रमण स्थगित भएमा आश्चर्य मान्नुपर्ने छैन् ।