९५ हजारको मनमा बज्यो टंकको घण्टी, चोरेको भन्नेलाई यस्तो जवाफ

hawaldar suntaliआउँदो चैत्र २७ मा तीन चलचित्रको भीडन्त पक्का हुँदा त्यो मध्येको एक चलचित्र ‘हवल्दार सुन्तली’ रिलिज पुर्व नै चर्चामा छ । कारण हो यो चलचित्रको गीतसंगीत ।  गत बर्ष यो समयमा ‘नाई नभन्नु ल २’ ले गीत मार्फत माहोल गर्माएको भएपनि अहिले भने नाई नभन्नु ल को तेस्रो सिक्वेल खासै चर्चामा छैन् ।

केहि समयअघी सार्वजनिक ‘तिम्रा डोला-डोला हातैमा मेहन्दी’ बोलको गीतले सिने बजारको माहोल तताउँदै हप्तादिन अघी सार्वजनिक ‘हवल्दार सुन्तली’को नै अर्को गीत ‘तिमी नाईन्टिन ईएर कि ब्युटी’ अहिले थप चर्चामा आएको छ । कारण हो, यो गीतको सशक्त सांगीतिक पक्ष । पछिल्लो समयमा व्यस्त युवा संगीतकार टंक बुढाथोकीको संगीत रहेको गीत धेरैको मनमा गुञ्जिएको पाउन सकिन्छ भने कुनै सार्वजनिक समारोहदेखी चिया पसलसम्म यो गीतले कब्जा जमाएको पाईन्छ ।

केहि समयहिले सार्वजनिक चलचित्र ‘रेशम फिलीली’को एक गीतले पाएको हाईटसम्म पुग्न नसकेपनि यो गीतले पनि दर्शक तथा श्रोताको मन जित्न सफल भएको बिश्लेषण छ । अर्क तर्फ संगीत र कोरियोग्राफी वलिउड सिनेमाबाट चोरिएको भन्ने आरोप आएपछी पनि गीत प्रति थप चासो बढ्यो । तर संगीतकार बुढाथोकी यो स्विकार्न तयार छैनन् । ‘मलाई तल झार्न संघर्ष गरिरहेका र मेरो काममा डाहा गर्नेहरुले यो काम गरिरहेका छन’, उनले भने, ‘सारेगमको ज्ञान नभएकाहरुले हचुवाको भरमा चोरेको भन्दै हिँडेको मैले पनि सुनेँ, ती व्याक्तिहरु म सम्म आउन, मेरो क्रियशन सारेगम सुनाएर पठाउँछु ।’          संगीतकार टंक बुढाथोकी                                                                                                    संगीतकार टंक बुढाथोकी

अर्को तर्फ संगितकार बुढाथोकी राम्रो क्रियशन कसैको छ भने त्योबाट भने सिक्नुपर्ने तर सिधा कपी भने गर्न नहुने स्विकार्छन् । नेपालमा डान्सिङ सङ्ग कम भएको भन्दै वलिउड चलचित्रमा गीतमा कम्मर मर्काउनेहरुले नेपाली गीतमा नै नचाउने प्रयास आफ्नो रहने उनको भनाई छ । त्यसैको उदाहरण स्वरुप यो गीत आएको उनको तर्क छ ।

त्यसो त यो गीत एक हप्ता भित्रै आधिकारिक अकाउण्टमा करिब ९३ हजारले युट्युवमा हेरिसकेका छन् भने कपी गरेर आफ्नो अकाउण्टमार्फत युट्युवमा राख्नेहरुको लहर पनि उत्तिकै छ । यो गीत सार्वजनिकसँग मलाई थप उर्जा मिलेको छ, जहाँततै यही गीतको चर्चा भएको अनि दैनिकजसो मलाई आउने फोनमा समेत गीत गुञ्जाउँदा थप खुसी छु, संगीतकार बुढाथोकीले सुनाए ।

गीत हेर्नुहोसः