साहरुख खान आज नेपाल आउँदै

Indian actor Shah Rukh Khan attends a press confernce to present his film at Berlinale International Film Festival in Berlinवलिउड बाद शाह शाहरुख खान आज नेपाल आउँदैछन् । साहरुखलाई  नेरोल्याक पेन्ट्सले नेपाल ल्याउन लागेको हो । पेन्ट्सको तर्फबाट आयोजना हुने एक कार्यक्रममा ब्राण्ड एम्वेस्डर रहेका साहरुख उपस्थित हुने कार्यक्रम तय भएको बुझिएको छ । साहरुख ३ बजे नेपाल आउने र ४ बजे होटल ह्यात रिजेन्सीमा हुने प्रेस मिटमा उपस्थित हुने कार्यक्रम रहेको अपुष्ट जानकारी प्राप्त छ ।

त्यसो त साहरुख नेपाल आउने भन्ने हल्ला नयाँ होईन् । लामो समयदेखी उनको नेपाल भ्रमणको कुरा हल्ला चलेपनि आजसम्म त्यो हल्ला सत्यमा परिणत हुन सकेको छैन् । तर आज नेपाल आउँदै गरेको जानकारीसँगै उनी नआउने भन्ने हल्ला समेत सुरु भएको छ ।

यद्धपी साहरुख नेपाल आउने करिब ८० प्रतिशत कन्फर्म भएको बताईएपनि २० प्रतिशतले जित्ने सम्भावना पनि छ । साहरुख नेपाल आएर २४ घण्टा मात्रै नेपालमा बिताएर फर्किने कार्यक्रम रहेको  आयोजक बताउँछ ।