‘स्काउट’को कथा अब सिनेमाको पर्दामा

scout coverसामाजिक कार्यमा क्रियाशिल विश्व स्तरमा चर्चित संस्था ‘स्काउट’को विषय अनि कथा अब चलचित्रको पर्दामा हेर्न पाईने भएको छ । निर्माण घोषणा गरिएको चलचित्र ‘स्काउट’ले यो संस्थाले सामाजिक कार्यमा चालेको कदम सहितका विभिन्न पक्षहरुलाई समेट्नेछ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको सुभ साईत गरियो । यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गर्नेछन् । चलचित्रमा गरिमा पन्त र कुशल थापा लिड रोलमा रहने समेत जानकारी गराईयो । यसअघी ‘बजार’, ‘विन्दास’ र ‘विन्दास २’ जस्ता चलचित्रमा लगानी गरेका मधुकुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्रमा केदार पराजुली र ईश्वर तिवारीको पनि लगानी रहनेछ ।