चैत्र १३ मा सार्वजनिक हुने नीता र जीवनको प्रेमलाई सबैले हेर्न पाउने

bhulbhulaiyaयोगेश घिमिरे निर्देशित चलचित्र ‘भुलभुलैया’ले सेन्सर वोर्डबाट ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । सेन्सर वोर्डमा चलचित्र हेरिसकेपछी वोर्ड युनिटले चलचित्र युनिटलाई सबै वर्गका दर्शकले हेर्न पाउने गरी ‘यु’ सर्टिफिकेट थमाएका हुन् । जानकारीमा आए अनुसार चलचित्रमा समावेश कुनै पनि दृश्य सेन्सर भएको छैन् ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्र दिनेश पोखरेलको प्रस्तुतीमा तयार भएको हो । चलचित्रमा जीवन लुईंटेल, नीता ढुङ्गाना र सोहित मानन्धर लिड रोलमा छन् । आउँदो चैत्र १३ बाट रिलिजको तयारीमा रहेको यो चलचित्रको यहि आईतवार अमेरिकामा प्रिमियर हुँदैछ ।