फ्राईडेः रिलिज यो हप्ता तीन सिनेमा, कसले मार्ला बाजी ?

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता तीन नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । अघिल्लो हप्ता प्रदर्शनमा आएका दुई सिनेमा ‘अझै पनि’ र ‘मिसन पैसा रिलोडेड’ले दर्शकको मन जित्न संघर्ष गर्दैगर्दा खासै सफल हुन सकेनन् । त्यस्तै यो हप्ता भने दुई हैन, तीन सिनेमा दर्शकमाझ आएका छन् । सिनेमा हुन् ‘पुनर्जन्म’, ‘भीमदत्त’ र ‘झिग्राना’ ।

‘भीमदत्त’

ऐतिहासिक कथामा आधारित यो सिनेमालाई हिमग्याप टाँसीले निर्देशन गरेका हुन् । सिनेमाले एक समयका नेपालीक्रान्तिकारी नेता भीमदत्तको कहानी बोल्दछ । नवल खड्काको लगानी रहेको यो सिनेमामा नवलसँगै निशा अधिकारी, सुमिना घिमिरे, रमेश बुढाथोकी लगायतका कलाकारहरु लिड अभिनयमा छन् । रिलिज अगाबै ८० भन्दा बढी ठाउँमा च्यारिटी सकाएको यो सिनेमा युनिट सार्वजनिक प्रदर्शनमा पनि दर्शकले माया गर्ने विश्वासमा छ ।

‘पुनर्जन्म’
punarjanmaयो सिनेमालाई साजन श्रेष्ठले निर्देशन गरेका हुन् । मोहनकृष्ण श्रेष्ठको लगानी रहेको सिनेमाले सैनिक र उसँगको प्रेमको कथा बोल्छ । सिनेमाको कथालाई निर्माण युनिटले नेपाली समाजको यथार्थ कथा भनेको छ । जहाँ आर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट र सुस्मिता शाही लिड रोलमा छन् । यो सिनेमा मार्फत आर्यन पहिलो पटक पर्दामा सैनिक बनेर देखिएका छन् ।

‘झिग्राना’Zhigrana

सुदुर नेपालको एक ठाउँको नामबाट निर्माण भएर पर्दामा आएको यो सिनेमालाई पासाङ लामाले निर्देशन गरेका हुन् । सस्पेन्सर, थ्रिलर र हरर जनराको यो सिनेमाको प्रोमोले नै धेरैलाई कौतिहल बनाएको छ । तर ती कौतुहल हलसम्म पुग्छन पुग्दैनन् त्यसको परिक्षामा भने सिनेमा युनिट पुगेको छ ।

गोल्डेन याक ईन्टर्टेनमेन्टको व्यानरमा तयार सिनेमामा मेनका प्रधान, शान्ती गिरी, ज्योति कार्की, अरुण रेग्मी, विना कार्की, निकुन श्रेष्ठ, हन्ना गेस्चवस्की, दिवाकर पिया लिड रोलमा छन् ।

यसैबीच शुक्रवारबाट प्रदर्शनमा आएका तीन सिनेमा मध्ये ‘पुनर्जन्म’ अलिक माथी देखिएको छ ।