गुपचुपमै सुमिनाको बिहे पक्का, मिडियालाई लुकाउने योजना

sumina ghimire1प्रेममा परेको कुरा बाहिरिएको केहि महिनापछी नै अभिनेत्री सुमिना घिमिरेको बिहे पक्का भएको छ । श्रोतका अनुसार यहि फागुन २५ गते सुमिनाले लगनगाँठो कस्न लागेको कुरा बुझिएको छ । केहि महिना अघी मात्रै अभिनेत्री सुमिना पाईलट रोशन सापकोटासँग प्रेममा रहेको सार्वजनिक भएको थियो ।

सुमिनाको बिहेको दिन पक्का भएको भए पनि काठमाडौंको कुन ठाउँमा  हुँदैछ भन्ने कुरा पारिवारिक पक्षले सार्वजनिक गरेको छैन् । फिल्मीजुमलाई प्राप्त श्रोतका अनुसार सुमिना मिडियामाझ सार्वजनिक नभईकिनै बिहे सम्पन्न गर्ने योजनामा रहेकोले बिहेको ठाउँ नखुलाईएको हो ।

सुमिनाले अभिनय गरेको चलचित्र ‘भिमदत्त’ अहिले यो शुक्रवारबाट रिलिजको तयारीमा छ भने उनले अब आफु चलचित्र लाईनबाट टाढा रहने घोषणा गरिसकेकी छिन् । कुनै समय समाचारको बिषयलाई लिएर पत्रकारसँग भएको विवाद पछी सुमिना मिडियाकर्मी भन्दा केहि टाढा बन्ने गर्छिन् । मिडियालाई थाहा नदिई गुपचुप विहे सम्पन्न गराउने योजनामा लाग्नु त्यसैको नतिजा हुनसक्छ ।