विवाहित आर्यन आशिकाका श्रीमान ?

 

एक सय भन्दा बढी फिल्ममा कथा, पटकथा तथा संवाद लेखिसकेका लेखक शिवम् अधिकारी अब निर्देशक बन्ने भएका छन् । निर्माण घोषणा गरिएको फिल्म ‘सुश्री’मा उनको डेब्यु निर्देशन रहनेछ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो चलचित्रका कलाकारहरु पनि सार्वजनिक भए । यो फिल्ममा निर्मात्री समेत रहेकी डेब्यु कलाकार आशिका तामाङको श्रीमानको रुपमा अभिनेता आर्यन सिग्देल देखिने भएका छन् ।
aryan nd ashika on sushreeफागुन २२ बाट छायांकन शुरू हुने यो फिल्ममा आशिकाले पहिलो पटक लगानी गर्न लागेकी हुन् ।आशिका फिल्मस् प्रालीको ब्यानरमा बन्न लागेको यो फिल्ममा आत्मराम थापाको पनि लगानी छ । फिल्ममा आर्यन र आशिकासँगै राजाराम पौडेल, मिश्री थापा, रविन प्रधान लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको सुटिङ ३५ दिनमा सकाईने बताइएको छ ।

कमेडी जनराको भनिएको बसन्त सापकोटाको संगीत रहने यो फिल्ममा रामेश्वर कार्कीको छायांकन रहनेछ भने द्वन्द्व कुमार महर्जनको रहनेछ । नृत्य निर्देशक भने शंकर वीसी छन् । त्यसो त चलचित्रको सुटिङ सुरु हुनु पुर्व सन्ध्यामा सार्वजनिक पोस्टरले पनि कमेडी छनक दिन्छ ।