‘लुटेरा’मा निखिलको एक्शन, दोहोरिएला पुरानो छाप ?

निर्माण घोषणा गरिएको झण्डै एक बर्ष पश्चात वितरक गोपाल कायस्थको पहिलो प्रोजेक्ट ‘लुटेरा’को मुहूर्त भएको छ । पशुपतिनाथ मन्दिरमा पूजापाठ गरे सँगै कायस्थको यो फिल्म फ्लोरमा समेत निस्केको छ ।lutera1नौ महिना अघि उनले फिल्म निर्माणको घोषणा गर्दा लुटेरामा रेखा थापा र निखिल उप्रेती हुने बताईएको थियो तर रेखासंग विभिन्न कुराहरु नमिल्दा यो प्रोजेक्टमा निशा अधिकारीको ईन्ट्री भएको छ ।  रेखा र निखिल दुवैलाई एक्शन अवतरमा उत्रार्ने  योजना सहित गोपालले तयार गरेको  पहिलो चरणको  स्क्रिप्ट परिवर्तन भएसँगै फाईनल भएका निर्देशक सबिर श्रेष्ठ पनि लुटेराबाट अलग्गिएका छन । फिल्ममा अब दयाराम दाहालको निर्देशन रहने छ ।luteraरेखा नहुने भएपछि हामीले कथा नै परिवर्तन गर्यौ अनि निर्देशक पनि ।  कायस्थले भनेका छन् ।   उनले लुटेर फ्लोरमा जानु अघि फाईनल गरिएका तीन वटा स्क्रिप्टलाई डम्प गरेका थिए । रेखा यो फिल्मबाट अलग्गिए पनि निखिल उप्रेती भने यथावत छन् । एक्सन हिरो सविन श्रेष्ठ र सेक्सी हिरोइन हर्षिका श्रेष्ठ पनि यस फिल्मका थप प्रमुख कलाकार हुन ।

lutera coverराजधानी वरिपरी  छायाँकन हुने लुटेरालाई १७ महिनाको विश्राम पश्चात पूराना निर्देशक दाहालले  निर्देशन गर्न लागेका हुन । एक्शन फिल्म ‘लुटेरा’मा द्वन्द्व निर्देशन हिमाल केसीको रहने छ भने  बसन्त सापकोटाको संगीतमा बनेका तीन गीतमा  कोरियोग्राफर त्रय रामजी लामिछाने, कविराज गहतराज र राजु शाहको निर्देशन रहने छ । लुटेरालाई शिव ढकालले खिच्नेछन् ।

दुई दिन देखि निरन्तर परेको झरीका बीच मुर्हत गरिएको लुटेरालाई फिल्मकर्मी एवं नेकपा एमालेका सभासद रामबीर मानन्धरले क्ल्याप ठोकेर शुभसाईत  गरेका थिए ।