‘लाटी’ पोस्टर सार्वजनिकसँगै , रिलिज मिति घोषणा

नेपाली मौलिक कथा उठान गरेको चलचित्र ‘लाटी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माता शिशिरजय खरेलको जन्मदिनको छेकोमा चलचित्र युनिटले अफिसियल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तर गर्यो । यो चलचित्र आउँदो २०७२ सालको जेठ १ मा रिलिज हुने भएको छ ।
laatiलाटी’को सार्वजनिक पोस्टरले चलचित्र महिलाप्रधान रहेको भान हुन्छ । पोस्टरमा लिड अभिनयमा रहेका कलाकारहरुको अनुहार देख्न सकिन्छ । चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक साने को नै हो । ‘लाटी’मा खरेलसँगै प्रशन्न रिमाल, त्रिलोचन सैजु र निशा अधिकारीको लगानी छ ।

सृजना फिल्मस् को व्यानरमा तयार यो चलचित्रमा सविका कार्की, रिभल मल्ल, जिके शर्मा, रामचन्द्र अधिकारी, सुवास गजुरेलसँगै पछिल्लो समयको हिट चलचित्र ‘झोला’का बाल कलाकार सुजल नेपालको लिड अभिनय छ । यसअघी नै यो चलचित्रको एक गीत सार्वजनिक भईसकेको छ ।

पोष्टप्रोडक्शनको अन्तिम चरणमा रहेको यो चलचित्रले एक सरल स्वभावकी युवतीले झुल्नुपर्ने सामाजिक अवस्थाको चित्रण गरेको निर्माता खरेलले बताए । यो चलचित्रमा संगीत बसन्त सापकोटाको छ भने द्वन्द्व प्रदिप खड्काको छ । चलचित्रलाई पदमराज श्रेष्ठले खिचेका हुन् । laati2

laati3