राजधानीमा राजेश पायलको 'दर्शन नमस्ते' !

काठमाडौ । पाश्र्व गायन तथा आधुनिक गायन विधाका चर्चित गायक राजेश पायल राईले आफ्नो वल्ड टुरको सफल्तासंगै आफ्नै लगानीमा  ‘दर्शन नमस्ते’ रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् । गायक राईको चर्चित गीत ‘दर्शन नमस्ते’ बाट रेष्टुरेण्टको नाम राखिएको छ । राजधानीमा आयोजित एक कार्तक्रमकाबीच उनले आफु र अभिनेत्री केकी अधिकारीको हातबाट रिवन काट्दै रेष्टुरेण्टको उद्घाटन गरे ।
darshan namaste rajesh payal raiरिवन काटेसँगै रेष्टुरेण्टको उद्घानटपछी कार्यक्रममा गायक राईले अभिनेत्री केकीको हातबाट नै केक समेत काटे । केक काट्नका लागि बोलाइएकी केकी एक्लो अभिनेत्री परेपछी ‘राजेशको नजिक मानिने धेरै कलाकारहरु भएपनि रोजाइमा किन केकी मात्रै ?’ भन्ने प्रश्न पत्रकारहरुले उठाएका थिए । राईले यस कुराको उत्तर दिदै, ‘केकी मलाई मनपर्ने कलाकार हुन्’ भनेर टारे ।
keki nd rajesh payal raiधेरै पहिले देखी नै औपचारिक उद्घाटनको कुरा आए पनि वर्ल्ड टुर सकिएसँगैको यो नै उपयुक्त समय ठानेर राईले आफ्नो रेष्टुरेण्टको औपचारिक उद्घाटन गरेक हुन् ।

तश्विरः विशाल राई