दर्शक हलमा नजाँदा निर्मातालाई ‘प्रशंसा’बाट राहत

दिवंगत निर्देशक आलोक नेम्वाङ निर्देशित पछिल्लो चलचित्र ‘अझै पनि’ले सोचेअनुसार दर्शक हलमा तान्न सकिरहेको छैन् । राम्रै प्रचार प्रसार र हल्लीखल्लीका बीच यो हप्ता प्रदर्शनमा आएको चलचित्रले सोचेअनुसार दर्शकको साथ नपाएपनि कथा र प्रस्तुतीकरणमा प्रशंसा मिलेको निर्माताको प्रतिक्रिया आएको छ ।
ajhai paniचलचित्र युनिटबाट प्राप्त सुचना अनुसार पहिलो पटक चलचित्रमा लगानी गरेकी निर्मात्री पुनम गौतमलाई चलचित्र हेर्ने दर्शकले बधाई र प्रशंसाका शब्दहरु पठाएका छन् । यो चलचित्रमा पुनमसँगै लिड अभिनयमा रहेका सुदर्शन थापाको लगानी छ । तर शुक्रवार, शनिवार र आईतवारको बिजनेश नियाल्दा ‘हाई बजेट’को भनिएको यो चलचित्रले लगानी रिकभर गर्न पनि मुश्किल पर्ने अवस्था आउन सक्ने देखिन्छ ।

प्रेम कथा बोल्ने यो चलचित्रको गत हप्ता गरिएको प्रिमियरबाट भने सुखद प्रतिक्रिया आएको थियो । ‘माउथ पब्लिसिटी’ले काम गरेमा चलचित्रले थप ‘पिकअप’ लिनसक्ने छ । चलचित्र ‘अजै पनि’मा सुदर्शन थापासँगै विजय लामा, पुजा शर्मा, प्रमिला खनाल, सुरक्षा पन्त, विपना धिमाल, विशाल ढुङ्गाना लगायतका कलाकारहरुको अभिनय छ ।