धनीहरुलाई कांग्रेसी भन्दा सेन्सरमा अड्क्यो ‘किल्ला’ !

चलचित्रमा समावेश केहि संवादहरुमा राजनीतिक गन्ध पाईएपछी सेन्सर वोर्डले चलचित्र ‘किल्ला’ को सेन्सर रोकेको छ । नेपाली राजनीतिक परिस्थितीको कथा नै समावेश भनिएको यो चलचित्रको एक संवादमा समाजमा धनीमानी भएकाहरुलाई कांग्रेस भनिएको र गरिबहरुलाई कम्युनिष्टको बिल्ला भिराईएको पाईएपछी सेन्सरले रोकेको हो ।
killa film निर्माण युनिटबाट जानकारीमा आए अनुसार चलचित्रका केहि दृश्य र संवाद परिमार्जन सहित पुनः छायांकनको लागी समेत सेन्सरले निर्देशन दिएको छ । तर चलचित्र युनिटले भने दर्ताको समयमा नैविकास वोर्डले स्कृप्ट ‘ओके’ गरेर आफुहरु सुटिङमा गएको भन्दै अहिले सेन्सर वोर्डले दिएको तर्कले आश्चर्यमा परेको बताएको छ ।

द्वन्द्व निर्देशक हिमाल केसीको डेब्यु निर्देशन रहेको ‘किल्ला’मा सुवास मेचेको लगानी छ । यो चलचित्रमा निर्माता मेचेसँगै विल्सन विक्रम राई, सुरबी जैन लगायतका कलाकारहरुको लिड अभिनय छ ।

चलचित्रको ट्रेलर यस्तो छः