'हाउ फन्नी'मा छल्केको केकी र अनुप विक्रम प्रेम (भिडियो)

चलचित्र ‘हाउ फन्नी’को अफिसियल गीत सार्वजनिक भएको छ । निलु डोल्मा शेर्पाको डेब्यु निर्देशन समावेश यो चलचित्र युनिटले सुटिङ सकिएको छोटो समयमा नै पहिलो गीत दर्शक समक्ष सार्वजनिक गरेक हो । चलचित्र छिट्टै नै प्रदर्शनमा ल्याउने लक्ष्यका साथ प्रचार प्रसारको थालनी गर्दै यो गीत सार्वजनिक गरिएको बुझिएको छ ।
Displaying keku 14.png
सार्वजनिक गीतमा शब्द शान बस्न्यात , संगीत सुरेश अधिकारी तथा स्वर दीपक लिम्बु र मिलन अमात्यको रहेको छ । कालिन्चोकको हिउमा खिचिएको यस गीतमा केकी अधिकारी र अनुप बिक्रम शाहीले पहिलो पटक जोडी बाधेक हुन् ।

यस गीतमा कोरियोग्राफी रेनाशा वान्तवा राईको रहेको छ ।  गत पौषमा खिचिएको गीतमा जाडोको पर्वाह नगरी अनुप र केकीले रोमान्स गरेका छन् । चलचित्रमा निशा अधिकारी, प्रियंका कार्की, अनुपबिक्रम शाही, केकी अधिकारी, दयाहाङ राई लगायतका कलाकारहरुको अभिनय छ ।

गीत हेर्नुहोसः