आलोकको अन्तिम नासोसँग टक्कर लिँदै निशाको एक्शन !

फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । दिवंगत निर्देशक आलोक नेम्वाङ निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ र सिमोस सुनुवार निर्देशित चलचित्र ‘मिसन पैसा रिलोडेड’ प्रदर्शनमा आएका हुन् ।ajhai pani vs mission paisa reloded
‘अझै पनि’

केहि दिन पहिले सम्पन्न प्रिमियर पछी दर्शकको राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र प्रतिक्षित चलचित्र बनेको छ । यसैपनि निर्देशक नेम्वाङको अन्तिम चलचित्र भएकोले पनि धेरैमा यो चलचित्र प्रति संवेदना समेत बढेको छ । ‘सानो संसार’ र ‘कोही मेरो’ निर्देशनपछीको लामो समय पश्चात उनले यो चलचित्र निर्देशन गरेका थिए । बिडम्वना उनी आफ्नो अन्तिम नासो दर्शकमा छाड्दै यो संसारबाट टाढा भएपछी उनको अन्तिम नासो हेर्न धेरैमा कौतुहलता बढ्नु स्वभाविक पनि हो ।

यो चलचित्रमा स्थापित निर्देशन सुदर्शन थापा अभिनेताको रुपमा छन् भने उनलाई पुजा शर्मा, बिजय लामा, मिथिला शर्मा, सुरक्ष पन्त, प्रमिला खनाल, बिशाल ढङ्गाना, प्रमिला खनाल लगायतका कलाकारहरुले साथ दिएका छन् । चलचित्र ‘अझै पनि’मा सुदर्शन थापा र पुनम गौतमले लगानी गरेका छन् ।

‘मिसन पैसा रिलोडेड’

माधव वाग्ले र नरेन्द्र महर्जनको जोडीको लगानी रहेको यो चलचित्र एक्शन थ्रिलर जनरमा आधारित छ । ‘फर्स्ट लभ’ निर्देशक सिमोसको यो चलचित्र सुटिङको धेरै समयपश्चात प्रदर्शनमा आएको हो । चलचित्रक कथा प्रचण्डमान श्रेष्ठले लेखेका छन् । यो चलचित्रमा निशा अधिकारी, रेश मरहठ्ठा, हर्षिका श्रेष्ठ, आमिर श्रेष्ठ लगायतको अभिनय समावेश छ ।

यी दुई चलचित्र नै दर्शकको प्रतिक्षामा परेका छन् ।किनकी ‘मिसन पैसा रिलोडेड’को सार्वजनिक प्रोमो र गीतले सिने बजारमा राम्रै चर्चा कमाइको छ । त्यसले पनि यो चलचित्र प्रति दर्शकको आकर्षण बढ्न सक्छ । यद्धपी कस्तो बिजनेश गर्छन भन्ने कुरा भने अबको एक/दुई दिनमा खुल्नेछ ।