राजधानीमा 'Best Dancer Nepal २०१५' हुने

कला प्रवर्धन मात्र नभई कलाकारको  प्रतिभा र क्षमताको विकास पनि गर्ने उद्धेश्य सहित नृत्य सम्बन्धित प्रतियोगिता ‘Best Dancer Nepal २०१५’ आयोजना हुने भएको छ । सुशीला आर्टस् एकेडेमी को तर्फबाट आयोजना हुन् लागेको यो प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा आउदो चैत्र २१ मा हुने बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच जानकारी गराईयो ।
dance competetion2नेपाल र अन्तराष्ट्रियस्तरमा योगदान पुर्याउन चाहने युवा कलाकारलाई सहयोग पुग्ने हेतुका साथ आयोजना गर्न लगिएको यो प्रतिष्पर्धाको पुर्व सन्ध्यामा नै प्रतिष्पर्धीको छनोट गरि अन्तिम प्रतिष्पर्धाको लागि उतारिने आयोजकले जनाएको छ  । जुन प्रतियोगितामा सहभागी हुन् चाहनेहरुले आवेदन फारम भर्न सुशिला आर्टस् एकेडेमीमा सम्पर्क गर्नु पर्ने संस्थाको तर्फबाट जारी प्रेस वक्तव्यमा उल्लेख छ । जसको लागि फागुन २२ सम्म मात्र आवेदन फारम खुल्ला हुने बताईएको छ ।
dance competetion1यो प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद सहितका विभिन्न पुरस्कारहरु पनि सार्वजनिक गरिएको छ । कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठ, निर्देशक आकाश अधिकारि लगाएतको उपस्थिति थियो ।

समग्रताको जगमा शिक्षाको माध्यमबाट कलाको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ स्थापित सुशीला आर्टस् एकेडेमीले यस अघि पनि यो प्रकारका बिभिन्न प्रतिष्पर्धाहरु आयोजना गर्दै आएको थियो । नृत्य, अभिनय र कलाका विविध क्षेत्रका प्रतभिालाई प्रोत्साहित गराउदै यस कार्यक्रमले नया आयाम सिर्जना गर्ने विश्वास आयोजकको छ ।