प्रियंकाले कम्मर माथी पटुकी बान्दा आर्यनलाई के चासो ? (भिडियो)

nai-navannu-la-3-priyanka-n-aryanप्रतिक्षित चलचित्र ‘नाइ नभन्नु ल ३’ को नयाँ गीत रिलिज गरिएको छ । आउदो चैत्र २७ बाट दर्शकमाझ आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की फ़िचरिङमा छन् । ‘कम्मर माथी पटुकी’ बोलको गीतमा नायिका प्रियंका कार्कीले कम्मर मर्काएकी छिन ।

सार्वजनिक गीतमा प्रल्हाद तिमिल्सिना र मलिना राईको स्वर समावेश छ भने संगीत बसन्त सापकोटाको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । मुस्कान ढकालको निर्देशन रहेको यो चलचित्रमा आर्यन र प्रियंका संगै अनुभव रेग्मी, सुरज सिंह ठकुरी, सञ्चिता लुइटेल, आर्यन सिग्देल लगायतका कलाकारहरुको अभिनय छ ।

गीत हेर्नुहोस: