यस्तो छ पहिलो अनुहारमा मनोज पण्डितको 'छायाँ'

किशोरावस्थाका बालबालिकामा पर्ने मनोवैज्ञानिक प्रभावको अवस्थालाई समेट्दै निर्माण भएको चलचित्र ‘छायाँ’ को फर्स्टलुक सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो चलचित्रको पोस्टर तथा ट्रेलर सार्वजनिक गरियो। सार्वजनिक ट्रेलरबाट चलचित्रमा स्कुल पढ्दै गरेका बालबालिकाहरुको मनमा खेल्ने तर्क बितर्क र उनीहरुको मनोवैज्ञानिक अवस्थाको बारेमा चित्रण गरिएको भान हुन्छ ।
chhayan मनोज पण्डितको निर्देशन रहेको यो चलचित्रको ट्रेलर सार्वजिक कार्यक्रममा बोल्दै निर्देशक पण्डितले चलचित्र मार्फत दिने सन्देशमा ठुलो महत्वकांक्षा नबोकिएको भन्दै मात्र मानवीय संवेदनाको प्रश्न हरेकमा उठोस् भन्ने चाहना आफुमा रहेको बताए । दिपक बज्राचार्यले खिचेको यो चलचित्रको कथा लेखन पनि निर्देशकले नै गरेका छन् ।
chhayan movieयो चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, अरुणा कार्की, साइब्रत आचार्य, र प्रविना खड्का मुख्य भूमिकामा छन् । कार्यक्रममा निर्देशक पण्डितले यो चलचित्र भित्र अनुप बरालले निभाएको भूमिका निकै जटिल रहेको भन्दै यो भूमिका जस्तो तस्तो जति नै अनुभवी कलाकारले पनि गर्न नसक्ने खालको रहेको दाबी गरे ।