'षडङ्ग'ले दर्शक तान्ने षड्यन्त्र गर्दैन

‘षडङ्ग’लाई षड्यन्त्र गरेर दर्शक नतान्ने फिल्म भन्दै फिल्मको चर्चा गरेका छन कलाकार अनुप वरालले । ग्याड.स्टारको कथा बोकिएको भनिएको यो चलचित्रको हिजो राजधानिमा एक प्रेसमिट गर्दै प्रोमो तथा आईटम गितको भिडियो सार्वजनिक गरियो । सानैदेखि ग्याङस्टार फिल्ममा रूची भएकाले पहिलो फिल्म निर्देशक ग्याङस्टार नै बनाएको लेखक तथा निर्देशक सुरज सुनवारले सुनाए ।

shaddang-in

अभिनेता सौगात मल्ललेआफूले गरेका कामलाई कहिल्लै राम्रो भन्न नसकेपनि राम्रो गर्ने कोशिस र मेहनत गर्न नछाड्ने तर्क राख्दै षडङ्गमा पनि मेहनत गरेकाले दर्शकले रूचाउने अपेक्षा राखेको बताए । त्यस्तै कार्यक्रममा निर्माता तथा र कलाकार हर्षिका श्रेष्ठले पनि चलचित्रका बारेमा बोले । चैत्र १३ बाट सार्वजनिक प्रदर्शन थाल्ने यो चलचित्रमा विजय लामा, सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, ए गुरूङ, नविन मानन्धरको अभिनय रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, सुजेन्द्र डी कार्कीको संगीत, अष्ट महर्जनको द्धन्द्ध, गोविन्द राइको नृत्य निर्देशन छ ।

IMG_0820

अभिनेत्री हर्षिका श्रेष्ठले एक गीतमा मात्र नृत्य गरेकी छिन् ।