आलोकको अन्तिम नासो 'अझै पनि' हेर्दा भक्कानियो धेरैको मन

यो शुक्रबारबाट रिलिजको तयारीमा रहेको दिवंगत निर्देशक आलोक नेम्वागंको अन्तिम चलचित्र ‘अझै पनि’को भब्यरुपमा प्रिमियर सम्पन्न भएको छ । चलचित्रको रिलिजको ३ दिन अगाडी मंगलबार राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो ।
ajhai pani1प्रिमियर कार्यक्रममा अझै पनि युनिट, नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सदाबहार अभिनेता भुवन केसीको साथै नायिकाहरु निशा अधिकारी, केकी अधिकारी, प्रियंका कार्की, कृति भट्टराई, नम्रता श्रेष्ठ लगायतका कलाकारको उपस्थिती रहेको थियो । प्रिमियरमा स्व. निर्देशक आलोक नेम्बाङ्गकी आमा सुनन्दा तथा आलोकका भिनाजु तथा ‘अझै पनि’का कलाकार विजय लामाको पनि उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै निर्माता तथा नायक सुर्दशन थापाले स्व.निर्देशक नेम्वागंलाई सम्झेर भावुक हुँदै यति बेला आलोककी आमाको आशिर्वादको खाँचो रहेको बताए । त्यस्तै, निर्माता पुनम गौतमले आफ्नो सानै देखि चलचित्र रुचिको विषय भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।
ajhai pani2सुर्दशन थापा प्रोडक्सन तथा पुनम इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्रमा सुर्दशन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुगांना, पुष्प खड्का, मिथिला शर्मा, रामशरण पाठक लगायतका कलाकारको अभिनय रहेको छ ।
यसैबीच मंगलवार आयोजित चलचित्र ‘अझै पनि’को प्रिमियर कार्यक्रममा ‘ट्रष्ट आलोक’ले नेपालको पहिलो म्यूजिक भिडियो निर्देशक शम्भूजित बास्कोटालाई सम्मान गरेको छ । नेपाली गीत-संगीतको इतिहासमा पहिलो पटक भिडियो बनाएका बास्कोटा अनवरत रुपमा नेपाली संगीत तथा चलचित्र क्षेत्रमा लागिपरेका व्यक्तित्व हुन् ।
alok trustसदाबहार नायक भुवन केसीले गाएको ‘मायालु तिमी टाढा भैदिनाले’ बोलको गीतको भिडियोलाई बास्कोटाले निर्देशन गरेका थिए । उक्त भिडियोमा भुवन केसीको नै अभिनय रहेको थियो । विजय उदय पाल्पालीका शब्दमा बास्कोटाले नै संगीत भरेका थिए भने भिडियोलाई जयसिंह शाहले छायांकन गरेका थिए ।